जनतामाथि डोजर चलाएर परियोजना बनाउन राज्यले दिनुहुन्न : अध्यक्ष राउत
काठमाडौँ- जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले जनता माथि डोजर चलाएर परियोजना बनाउन नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले यस्तो बताएका हुन् ।
उनले विद्युत् उत्पादक व्यवसायीहरूसँग पैसा छ भन्दैमा जनतालाई पेलेर जलविद्युतका परियोजनाहरू बनाउन दिन नहुने उल्लेख गरे । उनले सरकारले जनतालाई पेलेर जलविद्युत् परियोजनाहरू निजी क्षेत्रलाई दिए सांसदहरूले नै अवरोध गर्ने चेतावनी समेत दिए ।
कुनै पनि विकास जनताका लागि गर्ने भएकाले जनताको पक्षमा हुनु पर्ने राउतकाे भनाइ छ । उनले विकास जनता र प्राकृतिक संरचना मास्ने गरी कुनै पनि परियोजनाहरू आउनु नहुने बताए । उनले परियोजनाहरूको वातावरण परीक्षण मूल्यांकन गर्दा इमान्दारी पूर्वक गराउन आवश्यक रहेको भनाइ राखे । उनले कुनै मन्त्रीले वा अन्य कसैलाई लाभ दिएर परियोजना पास भए देशका लागि चुनौती हुने बताए ।
यस्तै सांसद राउतले कुनै पनि परियोजना बनाएर ३० वर्ष पूरा भएर सरकारलाई बुझाएको अनुभव नभएको उल्लेख गरे । उनले निजी क्षेत्रले लाभका लागि लगानी गर्ने भएकाले विद्युत् उत्पादनका लागि संकटकाल लगाउन आवश्यक नभएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया