गृहमन्त्रीलाई रविको प्रश्न : बाटोमा समातिएको सुन मालिकसम्म किन पुग्न नदिइएको ?
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले बाटोमा समातिएको सुन मालिकसम्म किन पुग्न नदिएको भनि प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सुन तस्करी प्रकरणको विषयमा बोल्दै लामिछानेले यस्तो प्रश्न गरेका हुन् ।
‘गृहमन्त्री ज्यूलाई मेरो प्रश्न छ– बाटोमा समातिएको सुन मालिकसम्म किन पुग्न नदिइएको ?’ उनले भने, ‘म आशा गर्दछु । गृहमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुहुनेछ । तीन दिनपछि त्यो कम्पनीमा छापा मारियो । जुन ब्रेक सु ल्याउने कम्पनी थियो । तीन दिनसम्म किन त्यो कम्पनीसम्म नपुगिएको होला ? जहाँ तीन दिनपछि पुग्दा ब्रेक सु नभएको डब्बाहरू भेटियो । त्यो समय किन दिइएको होला ?’
उनले अगाडि थप प्रश्न गरे, ‘२० दिनसम्म राजश्व अनुसन्धानको छानबिनमा पर्यो । जब दबाब बढ्दै गयो अहिले सिआइबीमा गएको छ । यो २० दिनमा यो अनुसन्धानलाई प्रभावित हुनेखालका कयौँ क्रियाकलापहरू भए होलान् ? कयौँ मान्छे विदेश भाग्ने काम भए । प्रमाण लुकाउने काम भए । यी कामहरूको जवाफ कसले दिन्छ ?’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया