संसद्

प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

इकागज |
साउन २३, २०८० मंगलबार १९:१ बजे

काठमाडौँ- प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी भोलि (बुधबार) १ बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा गृह मन्त्री नारायणकाजी श्रेष्ठको जवाफ चित्त बुझ्दो नभएको भन्दै नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि आजको बैठक स्थगित भएको हो । उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

बैठकमा एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म विरोध जारी रहने बताए ।


प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची थियो । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छाबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, सदन समक्ष पेस गर्ने कार्यसूची थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । 


Author

थप समाचार
x