संसद्

मंगलबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

इकागज |
भदौ ७, २०८० बिहीबार १६:५८ बजे

काठमाडौँ– प्रतिनिधिसभाको बिहीबारको बैठक आगामी मंगलबार बस्ने गरी स्थागित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक मंगलबार बस्ने जानकारी दिएका हुन् ।

अर्को बैठकमा प्रधानमन्त्रीसँग सवाल जवाफ कार्यक्रम रहेको समेत सभामुख घिमिरेले बताए । 


लामो समयदेखि अवरुद्ध संसद् सुन तस्करी प्रकरणमा आयोग बनाएर छानबिन गर्ने सहमति भएपछि बुधबारबाट सुरु भएको थियो । आजको बैठकमा शून्य समय र विशेष समयमा सांसदहरूले विभिन्न प्रश्न उठाएका थिए । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा संसदीय सभापतिको निर्वाचन भदौ ११ गते हुने पनि जानकारी गराएका छन् । 
 


Author

थप समाचार
x