संसद्

'डमी' बनाएर संसद्‌ भवनमा राष्ट्रपति स्वागतको रिहर्सल (फोटो फिचर)

इकागज |
जेठ १, २०८१ मंगलबार १२:१० बजे

काठमाडौँ- सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रमका लागि संसद्‌ भवन नयाँ बानेश्वरमा रिहर्सल गरिएको छ । 

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद्‌ भवन भित्र पुर्‍याएको प्रक्रियाको रिहर्सल गरिएको थियो । सो अवसरमा एक डमी राष्ट्रपति बनाएर रिहर्सल गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।


राष्ट्रपति पौडेलले आज दिउँसो ३ बजे संसद्‌को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।


Author

थप समाचार
x