संसद्

प्रतिपक्षीमा हुँदा विभिन्‍न प्रकरणमा कांग्रेसले उठाएका विषयको जवाफको अपेक्षा गरेको छु : वर्षमान पुन

इकागज |
साउन ६, २०८१ आइतबार १७:१ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रतिपक्षीमा हुँदा विभिन्न प्रकरणमा कांग्रेसले उठाएका विषयको जवाफको अपेक्षा गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा पुनले नक्कली भुटानी शरणार्थीदेखि गिरीबन्धु टी स्टेटसम्मका कांग्रेसले उठाएका विषयको जवाफको अपेक्षा गरेको बताएका हुन् ।


उनले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार बिचौलियाले चलाउने आशंका व्यक्त गर्दै नेता र राजनीतिक दलले देश चलाउनुपर्नेमा जोड दिए ।

आफू र आफूभन्दा अघिको अर्थमन्त्रीले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न खोज्दा बिचौलिया हावी भएको भन्दै अबको अर्थमन्त्रीको कदमलाई नियाल्ने उनले बताए । उनले अहिले संविधान संशोधनको विषय खराब मौसममा बदनियतपूर्ण रूपमा आएको आशंका पैदा भएको धारणा राखे । उनले साना दल र समानुपातिक निर्वाचन प्रणालीका कारण मुलुकको विकास हुन नसकेको तर्क सही नभएको भन्दै पश्चगमनका लागि कथित स्थिरताको कुरा गरिएको बताए ।

उनले बजेटले सम्बोधन नगरेको कुरामा भाषण गरेर जनतालाई झुक्याउने काम नगर्न प्रधानमन्त्रीलाई सुझाव समेत दिए । 


Author

थप समाचार
x