जनताले औँलो ठड्याउने ठाउँ नदिने गरी काम गर्छौं : प्रधानमन्त्री ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई जनताले औँलो ठड्याउने ठाउँ नदिने गरी काम गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै गल्ती गर्ने छुट नभएको बताउँदै जनताले औँलो ठड्याउने गरी काम नगर्ने बताएका हुन् ।
उनले भने, ‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्योल सिर्जना हुने गरी काम गर्ने, अथवा प्रतिफल नदेखिने गरी काम गर्ने कुनै सुविधा छैन । कुनै छुट छैन ।’
उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्पष्ट र दृढ रहेको स्पष्ट पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया