संसद्

राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधयेक” संसदमा पेश

इकागज |
भदौ २४, २०८१ सोमबार १८:४३ बजे

काठमाडौँ - कानुन न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले “विधायन सम्बन्धी विधयेक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” प्रतिनिधि सभामा  पेश गरेकी छिन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकमा सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधयेक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गरेकी हुन् । यो प्रतिवेदन समितिबाट पास गर्न आठवटा बैठक बसेको थियो भने १३ घण्टा ३० मिनेट छलफल भएको थियो ।


यो विधेयक पारित भएर ऐन बनेपछि लागू हुनेछ । 


Author

थप समाचार
x