कोरम नपुगेपछि समितिको बैठक स्थगित
काठमाडौँ - आइतबार बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ ।
कोरम नपुगेका कारण बैठक स्थगित गरिएको समिति सभापति अम्वर बहादुर थापाले जानकारी दिए । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको थियो । गणपुरक संख्या नपुगेका कारण स्थगित बैठक सोमबार पुन १ बजे बोलाइएको सभापति थापाले बताए ।
२४ सदस्य रहेको समितिको बैठक बस्न १३ जना हुनुपर्ने आवश्यक हुन्छ । बैठकमा सहभागी हुनका लागि शिक्षामन्त्री विद्या भट्टराई पनि समितिमा उपस्थित थिइनन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया