संसद्

राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य

इकागज |
असार २८, २०७८ सोमवार १७:१६ बजे

काठमाडौँ : राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को बैठकको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले चालू अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने पत्र संघीय संसदलाई पठाएकी छन् । राष्ट्रपतिको पत्र पाएपछि संघीय संसद् सचिवालयले चालू अधिवेशन अन्त्यको घोषणा गरेको हो ।



Author

थप समाचार
x