संसद्

सभामुखको टिप्पणी :  संविधानजस्तै प्रष्ट फैसला

इकागज |
असार २८, २०७८ सोमबार १७:३९ बजे

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले दिएको फैसलालाई ऐतिहासिक भएको बताएका छन् । फैसलापछि इकागजसँग कुराकानी गर्दै सापकोटाले यो फैसलाले दूरगामी महत्व राख्नेसमेत बताए ।

'हामीले लोकतन्त्रका सबै आयामलाई समेटेर आफ्नै मौलिकतासहितको संविधान बनाएका थियौँ । संविधान जस्तै प्रष्ट फैसला आयो । पहिलाको फैसलाभन्दा अझैँ अगाडि बढेर आउन सक्ने राजनीतिक जोखिमलाई रोक्न यो फैसला प्रष्टसँग बोलिदियो', सापकोटाले भने,'यो ऐतिहासिक फैसला नै हो । यसको बहुआयामिक दूरगामी महत्व छ ।'


सभामुख सापकोटाले पछिल्लो परिस्थितिको आँकलन गर्दै प्रतिनिधि सभालाई संचालन गर्ने बताए । उनले भने,'अब सभालाई जिवन्त, गतिशील, चलायमान, जनमूखी बनाउनका लागि सबैले खेल्नुपर्नेछ ।'


Author

थप समाचार
x