संसद्

'राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिधि सभा'

इकागज |
साउन १, २०७८ शुक्रबार १५:४३ बजे

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन् । आइतबारदेखि सुरु हुने संसद् अधिवेशनको व्यवस्थापन तयारीको जानकारी लिँदै शुक्रबार सभामुख सापकोटाले समग्र बदलिँदो परिस्थितिलाई विश्लेषण गर्दै हरेक हिसाबले दलहबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका हुन् । 

बृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिधि सभा नै रहेको उनको भनाई छ । उनले दलहरुसँग समन्वय गर्नेमा इमान्दारी र निष्ठाका साथ प्रयत्न गर्ने बताए । दलबीचको सहमति र सहकार्यले संसद्लाई जीवन्त, जनमुखी, चलायमान र गतिशील बनाउने वावरण सिर्जना हुने उनले बताए । उनले दलहरुबीचको समझदारी र सरकारले दिने विजनेशका आधारमा अधिवेशन अघि बढ्ने भएकाले त्यसमा सहमति र समवन्यमा आफूले पहलकदमी लिने विश्वास दिलाए ।


कोभिड सङ्क्रमण कायममै रहेको अवस्थामा सुरु हुन लागेको संसद्को अवधिवेशनका लागि स्वास्थ्य मापदण्ड पूरा गरी गरिनुपर्ने सबै तयारी पूरा भएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।


Author

थप समाचार
x