संसद्

संघीय संसद् : ८०१ जनाको कोभिड-१९ परीक्षण

इकागज |
साउन २, २०७८ शनिबार १७:३१ बजे

काठमाडौँ - आइतबारदेखि सुरु हुने संघीय संसद्को अधिवेशनकोको तयारीका क्रममा सभामुख, सांसदहरू, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारगरी ८०१ जनाको एन्टिजेन परीक्षण गराएका छन् । शुक्रबार र शनिबार गरी उक्त परीक्षण गरिएको हो । 

परीक्षण गरिएकोमध्ये तीन जना कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएको र बाँकि सबैको नेगेटिभ आएको छ । पोजेटिभ आएकाहरू पीसीआर गर्न पठाइएको छ ।



Author

थप समाचार
x