संसद्

दाहालको पछुतो : 'यस्तो दुर्दशा यति छिटो देख्नुपर्ला भनेको भए किन एकता गर्थेँ ?'

इकागज |
साउन ३, २०७८ आइतवार १९:२८ बजे

काठमाडौँ - तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछुतो गरेका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै दाहालले यस्तो पछुतो गरेका हुन् ।

'हुन त पूर्ववक्ता माननीयले विगतका अनुभव सुनाउनुभयो', अध्यक्ष दाहालले भने, 'तर दुई तिहाइ बहुमतका प्रधानमन्त्रीले आफ्नो बहुमत हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेको भन्दा यो अनौठो घटना हो । यो बिडम्बना मैले बोल्नुपर्दा, जसले गठबन्धनबाट राजनीतिक स्थायित्व होला भन्ने प्रस्ताव ल्याएको मान्छेले सदनको अघि उभिँदा मेरो अनुभूति के होला ? यस्तो दुर्दशा यति छिटो देख्नुपर्ला भनेको भए किन एकताको प्रस्ताव गर्थेँ होला ?'


पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा अर्कै मञ्चमा बहस गर्नेसमेत दाहालले सदनमा घोषणा गरेका छन् । 'संविधान मिलेर बनायौँ, निर्वाचन मिलेर लड्यौँ । एउटा सपना र परिकल्पना गरेका थियौँ । पाँच वर्ष नपुग्दै संसद्‌ विघटन र पुनस्थापना भएको छ', उनले भने,'अब विषयमा थोरै भन्दा आठ/१० मिनेटमा कुरा सक्ने भनिएको छ । लामो गर्न सम्भव पनि छैन । अर्को मञ्‍चमा विस्तारै बहस गर्न पाउने छौँ, सायद ।'


Author

थप समाचार
x