संसद्

राष्ट्रिय सभा बैठक

शून्य समयका २ विषय : संघीय निजामती सेवा ऐन, कोभिड कहर

इकागज |
साउन ७, २०७८ बिहिवार १४:५६ बजे

काठमाडौँ - राष्ट्रिय सभा बैठकको शून्य समयमा दुईवटा विषय उठेका छन् । नवौं अधिवेशनको दोस्रो बैठकमा बिहीबार सांसद जग प्रसाद शर्माले निजामती सेवा ऐन तुरुन्त अगाडि बढाउन सरकार समक्ष आग्रह गरेका हुन् । 

सांसद शर्माले संघीय निजामती सेवा ऐन बन्‍न नसक्दा प्रदेश सरकारलाई समेत काम गर्न अप्ठ्यारो परिरहेको भन्दै विधेयकलाई अगाडी बढाउनको निम्ति सरकार समक्ष आग्रह गरेका छन् । उनले भने,‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ । धेरै लामो समयदेखि अगाडि बढ्न सकेको छैन । यसले प्रदेश निजामती ऐन अगाडी बढ्न पनि सकेको छैन । यसले प्रदेश सरकारहरुले काम अगाडी बढाउन सकेका छैनन् । प्रदेश लोकसेवा आयोगले पनि काम अगाडि बढाउन सकेको छैन । म सरकारको ध्यान आकृष्ट गर्न चाहान्छु,  यो विधेयक तुरुन्त अगाडी बढाइयोस् ।’


त्यस्तै राष्ट्रिय सभाकी अर्की सांसद उदया शर्मा पौडेलले कोभिड-१९ र पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिलाई कारण देखाएर विद्यार्थी, अपांग र जेष्ठ नागरिकलाई यातायातमा छुट दिन छाडिएको भन्दै छुट पाउने अधिकारबाट वञ्चित नगराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । उनले भनिन्,‘केही दिन यता संक्रमण बढ्दै जाँदा चिन्ताको विषय बनेको छ । बन्दाबन्दी केही खुकुलो भएपछि बजार र सार्वजनिक यातायात सुचारु हुन थालेका छन् । भीडभाड बढ्दै गएको छ । मास्क लगाउने हेलचक्र्याइ गरिदैँछ ।'


Author

थप समाचार
x