संसद्

प्रधानमन्त्रीलाई नेम्वाङको खुसुक्क : निर्वाचन नसार्नुहोला है !

इकागज |
साउन ८, २०७८ शुक्रबार १४:११ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन नसार्न आग्रह गरेका छन् । नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरूले बधाइ तथा शुभकामना दिँदै शुक्रबार नेम्वाङले यो आग्रह गरेका हुन् ।

उनले भने,'यो निर्वाचन हामीले सफलतापूर्वक सम्पन्न गर्नुपर्नेछ । म सभामुखमार्फत खुसुक्क मात्रै, अन्यथा केही होइन,  खुसुक्क मात्रै प्रधानमन्त्रीले मात्र सुन्नेगरी भन्छु- प्रधानमन्त्रीज्यू यो निर्वाचन नसार्नुहोला है ।'


अब राजनीतिक आन्दोलन समय सकिएकोसमेत नेम्वाङले बताए । 'अब राजनीतिक आन्दोलन सकियो । अब जनताको भावना अनुसार जुनसुकै अवस्थामा पुग्न सकिन्छ', उनले थपे,'हामी जिम्मेवारी प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ ।'

त्यस्तै नेम्वाङले प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा कुनै पनि विशेष काम गर्न नहुँनेसमेत बताए । तर, सरकारले विश्वासको मत लिएको भन्दै उनले असन्तुष्टि जनाए । 'पहिलो बैठकमा कुनैपनि विशेष काम हुँदैन । तर पहिलो बैठकमै विश्वासको मत लिने काम भयो', उनले थपे,'दल र सांसदहरूले तयारी गर्नुपर्छ । तर यो समय नै भएन ।'


Author

थप समाचार
x