संसद्

नेम्वाङलाई गजुरेलको जवाफ : नेपाली जनता बेवकूफ छैनन्

इकागज |
साउन ८, २०७८ शुक्रबार १४:३७ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले नेपाली जनता बेवकूफ नरहेको बताएका छन् । नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरूले बधाइ तथा शुभकामना दिँदै शुक्रबार गजुरेलले यस्तो बताएका हुन् ।

तत्काली नेकपामा देखिएको विवादको प्रशंग झिक्दै गजुरेलले केपी शर्मा ओली पक्षलाई कटाक्ष गरेका छन् । आजै प्रतिनिधि सभामा बोलेका नेम्वाङको भलाईलाई लक्षित गरेर गजुरेलले जे पनि गर्नको लागिस नेपाली जनता बेवकूफ नरहेको बताएका हुन् ।


'अनुशासन सबैभन्दा माथि भएकोले पालना गर्नुपर्छ । आफू अनुशासन पालना नगर्ने, सबैलाई बेवास्ता गर्ने अलि ठूला ठूला कुरा गरेर हुन्छ ? नेपाली जनता बेवकुफ छैनन्', उनले अगाडि भने,'पार्टीले निर्वाचित गरेको प्रधानमन्त्री, पार्टीले उम्मेदवारी दिएर गठबन्धनले उम्मेदवारी दिएर निर्वाचित भएको प्रधानमन्त्रीले पार्टीमा छलफल नै नगरिकन, संसदीय दलमा छलफल नै नगरिकन संसद् विघटन गर्नु के दलीय प्रणालीको विशेषाता हो ? अनुशासन यही हो ?'

 


Author

थप समाचार
x