संसद्

जसपाका सांसदको दाबी : प्रतिनिधि सभा विघटन हुनुमा हाम्रो पार्टीका केही पात्र दोषी हुनुहुन्छ

इकागज |
साउन ८, २०७८ शुक्रबार १४:५६ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का सांसद महेन्द्र राय यादवले प्रतिनिधि सभा विघटन हुनुमा आफ्नो पार्टीका केही पात्र दोषी हरेको बताएका छन् । नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरूले बधाइ तथा शुभकामना दिँदै शुक्रबार यादवले यस्तो बताएका हुन् ।

'यो देशमा जेठ ८ गते राति जे भयो । संसद् विघटन भयो । मलाई लाग्छ हाम्रो पार्टीलाई यो सरकारले त्यतिबेला संख्या नपुर्‍याएको भए', यादवले थपे,'हाम्रो पार्टीका केही पात्रहरूले त्यहाँ हस्ताक्षर नगरेको भए दोस्रो प्रतिनिधि सभा विघटन हुने थिएन । यसमा केही केपी शर्मा ओलीभन्दा बढी हाम्रो पार्टीका केही पात्रहरू बढी दोषी हुनुहुन्छ, जिम्मेवार हुनुहुन्छ ।'  



Author

थप समाचार
x