संसद्

ऋण, सापट लिएर पनि नागरिकलाई खोप पुर्‍याउने प्रधानमन्त्रीको प्रतिवद्धता

इकागज |
साउन ८, २०७८ शुक्रवार १५:३१ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लगाएर, सापट लिएर भए पनि नागरिकलाई खोप पुर्‍याउने प्रतिवद्धता जनाएका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै देउवाले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

'संविधान किन लेखिएको थियो भन्ने कुरा पूर्वसभामुखलाई बढी थाहा छ । हामीले अनुरोध गरेका हौँ । त्यो ह्वीप होइन । अरु पार्टीलाई पनि त हामीले अनुरोध गरेका हौँ । एमालेकै पार्टीका नेतालाई पनि अनुरोध गरेका हौँ । उहाँले संविधानतह अनुरोध गर्न पनि पाइँदैन भने त्यो कहाँको नियम हो', प्रधानमन्त्रीले भने,'उहाँले दिएका केही सुझाव मननयोग्य छन् । ऋण लगाएर सापट लिएर भएपछि नेपाली जनतालाई खोप पुर्‍याउने उने प्रतिवद्धता गरेका छौँ । दिलाउँछौ । देखिने किसिमका केही काम हामी गर्न चाहन्छौँ ।'



Author

थप समाचार
x