संसद्

फरक विचार राख्दैमा निस्केर जा भन्‍न मिल्छ : गंगा चौधरी

इकागज |
साउन १२, २०७८ मगलवार १५:११ बजे

काठमाडौँ - नेकपा (एमाले)की सांसद गंगा चौधरीले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् । आजको प्रतिनिध सभा बैठकको विशेष समयमा बोल्‍दै उनले ‘फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?’ भन्दै प्रश्न गरिन् । 

'फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? बराबरी हैसियत भएको सांसदलाई निस्केर जा भन्ने ? त्यहाँ त सबैको एउटै हैसियत हैन र ?' उनले भनिन्, समितिमा अधिनायकवादी चरित्र प्रदर्शन भयो । संविधानले दिएको मौलिक हक हनन् भएको छ । वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको छ । हामीले संघर्ष गरेर ल्याएको लोकतन्त्र यस्तो हुन सक्दैन ।' साउन १० गतेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सांसद् नारदमुनी रानालाई ‘प्रतिगमनको मतियार’ भन्दै बाहिर जान भनेका थिए । 



Author

थप समाचार
x