संसद्

प्रतिनिधि सभाको अर्को बैठक साउन १९ गते

इकागज |
साउन १५, २०७८ शुक्रबार १५:२ बजे

फाइल तस्‍बिर

काठमाडौँ - साउन १९ गते पुनः बस्नेगरी प्रतिनिधि सभाको आजको बैठक सकिएको छ । बैठक साउन १९ गते मंगलबार दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सांसदहरूले शून्य र विशेष समयमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्‍त्री ज्ञानेन्‍द्रबहादुर कार्कीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६/०७७’ पेश गरे । 



Author

थप समाचार
x