संसद्

प्रतिनिधि सभामा महेश बस्नेतको व्‍यङ्ग्य

'प्रधानमन्त्रीज्यू, मन्त्री बनाइपाऊँ भनेर अदालतमा परमादेश जारी गर्न लागउनोस्'

इकागज |
साउन १९, २०७८ मंगलबार १३:३४ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमालेका सांसद महेश बस्नेतले सरकार गठन भएको तीन साता वितिसक्दा पनि मन्‍त्रिपरिषद्‍ विस्तार हुन नसकेको भन्‍दै अदालतबाट परमादेश जारी गर्न लगाउन भन्‍दै व्‍यङ्ग्य गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा कवितात्‍मक शैलीमा उनले यस्तो व्यङ्ग्य गरेका हुन् । 

यस्तो छ उनको कवितात्‍मक व्यङ्ग्य
एसएसपीले तुइन काटे, जयसिंह धामी मरे, सरकार भन्छ-मौन बस, समाचार नबनाऊ । 
प्रधानमन्त्री भन्नुहुन्छ- खोप, खोप, खोप । मेयरको घरमा खोप, घरमा होटलमा कार्यकर्तालाई खोप नै खोप । जनता दिनभरी लाइनमा, खोप न सोप !
विचरा सरकार व्यापारी मन्त्री बनाउँछ । दक्ष सचिव फेर्छ । अस्पतालको एमडी फेर्छ । स्वास्थ्य माफियलाई संरक्षण गर्छ । 
देशभर बाढी पीडित जनता राहत पाइएन भनेर कराउँछन् । विपक्षी दलका सांसदहरू मन्त्री नपाए सरकारमा जान्न भन्दछन् । 
माओवादी जसपा भन्दैछन्, मन्त्री नपाए आत्महत्या गर्छु । 
परमादेशबाट बनेको सरकार तीन हप्ता भएछ । मन्त्रीमण्डल विस्तार भएको छैन । 
मन्त्री बनाइपाऊँ भनेर अदालतमा परमादेश जारी गर्न लागउनोस्, प्रधानमन्त्री ज्यू !!



Author

थप समाचार
x