संसद्

स्वेच्छाचारी, व्यक्तिवादी र भ्रष्ट प्रवृत्तिको अन्त्य भइसकेको छैनः नारायणकाजी श्रेष्ठ

इकागज |
साउन २०, २०७८ बुधबार १३:५९ बजे

काठमाडौँ - राष्‍ट्रिय सभा सदस्‍य नारायणकाजी श्रेष्‍ठले वर्तमान सरकारले नयाँ ढंगले काम गर्नुपर्ने सुझाव दिएका छन् ।  प्रतिगमनलाई असफल पारेर बनेको सरकारले संविधान र लोकतन्त्रलाई प्रभावकारी ढंगले अगाडि बढाउने जिम्‍मेवारी वर्तमान सरकारको काँधमा रहेको बताए । मुलुकलाई सही दिशातिर लैजाने हो भने असंवैभानिक, अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी, व्यक्तिवादी र भ्रष्ट प्रवृतिको पनि अन्त्य गर्नुपर्ने बाताए । त्यसको अन्त्य भइसकेको उनको भनाइ छ ।

'गठबन्धन र सरकारले यसबारे सोच्नुपर्छ । त्यो प्रवृति देखा पर्न नपाओस् । त्यसबाट आफूलाई मुक्त राख्नुपर्छ । निर्मम आत्म समीक्षा गर्नुपर्छ र सच्याउन तयार हुनुपर्छ । आफूलाई बदल्नुपर्छ पार्टी, नेता र सरकारले नयाँ ढंगले काम गर्नुपर्छ । आफूलाई बदल्न र जनअपेक्षित काम गर्न अपिल गर्न चाहन्छ  ।'
 



Author

थप समाचार
x