संसद्

दाहाललाई ओलीको जवाफ, देशभर लागेको डडेलो एक बाल्टिनले निभाएको नबिर्सनुस्

इकागज |
साउन २६, २०७८ मंगलबार १४:१५ बजे

काठमाडौँ - प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले यसअघि संसदमा गरेको टिप्पणीको जवाफ फर्काएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले दाहाललाई जवाफ दिँदै ओलीले भने, ‘सरकारमा जाने बित्तिकै एक जनाले चेतावनी दिनुभयो । म आगो हुँ । आगोसँग नखेल्नु नत्र... । मलाई थाहा छ तपाई आगो हो । तपाईंले देशरभर लगाएको डडेलो मलाई याद छ । नबिर्सिने अर्को कुरा पनि छ । त्यो डडेलो एक बाल्टिन पानीले निभाएको छ ।’ 

केही दिनअघिको प्रतिनिधि सभा बैठकमा माओवादी अध्यक्ष दाहालले ओलीप्रति लक्षित गर्दै आफू आगो भएकोले आगोसँग नखेल्न चेतावनी दिएका थिए । 



Author

थप समाचार
x