संसद्

मेरै पार्टीका केही मान्‍छे  फ्याँफ्याँ-स्वाँस्वाँ गर्दै तपाईंका पछि कुदेका छन्, मन्‍त्री बनाइदिनुस् न प्‍लिज: ओली

इकागज |
साउन २६, २०७८ मंगलबार १५:१७ बजे

काठमाडौँ  - प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले एमालेकै माधव नेपाल पक्षका सांसदलाई मन्‍त्री बनाइ दिन भन्‍दै व्‍यङ्ग्य गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो व्‍यङ्ग्य गरेका हुन् । 'मेरौ पार्टी को केही मान्छहरू पाउँला र खाउँला भनेर यहाँका पछि कुदेका छन् । तिनीहरूलाई मन्त्री दिनुस् न ! किन विलम्ब गर्नुभएको ? प्लिज,' उनले भने, 'यति त गराइ सक्नुभयो । पछि पछि कुद्‍या छन् । हिँड्या छन् । फ्याफ्या स्वास्वा गर्‍या छन् । मन्त्री खान पाउँ भन्या छन् । बिहान बेलुकै हाजिर गर्‍या छन् । चाकरी गर्‍या छन् । मन्त्री दिनुस् न प्लिज । मेरा दलमा अलिकति घाटा भए पनि सहुला बुझौला ।'



Author

थप समाचार
x