संसद्

एमालेको अवरोधबीच राष्‍ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

इकागज |
भदौ २५, २०७८ शुक्रबार १३:४७ बजे

फाइल तस्‍बिर

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक–२०७८ पेश गरिएको छ ।  शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरुद्ध पारेका थिए । तर एमाले सांसदहरूको अवरोधकाबीच गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक पेश गरेका हुन् । 

त्यसैगरी बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुँरे र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । जनवादी गायक टुँहुरे नेकपा माओवादी केन्द्रबाट संविधानसभा सदस्य थिए भने सञ्चार उद्यमी शेरचन एमालेबाट संविधान सदस्य सदस्य भएका थिए । 


सो प्रस्ताव पारित गर्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभामा सभामुख अग्नीप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदहरू संसदहरूलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराएका थिए। राष्ट्रियसभाको अर्को बैठक आगामी भदौं २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 


Author

थप समाचार
x