संसद्

प्रतिनिध सभा बैठक बस्‍दै, यस्‍तो छ सम्‍भावित कार्यसूची

इकागज |
भदौ २९, २०७८ मंगलबार ८:१४ बजे

फाइल तस्‍बिर

काठमाडौँ - आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्‍ने संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयकाअनुसार  आजको बैठकमा अर्थमन्‍त्री जनार्दन शर्माले विनियोजन विधेक २०८७ माथि वचार गरियोस् भन्‍ने प्रस्‍ताव पेस गर्ने सम्‍भावित कार्यसूची छ । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ । गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आह्‍वान गरे पनि एमाले सहभागी भएन ।  आजको बैठकमा पनि एमालेले अवरोध निरन्तर राख्‍ने भएको छ । 



Author

थप समाचार
x