संसद्

प्रतिनिधि सभामा एमालेको अवरोध कायमै, आठ मिनेट बसेर सकियो बैठक

इकागज |
असोज १९, २०७८ मंगलबार १३:५२ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।

मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो । एमाले सांसदहरूको विरोधबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७ प्रतिनिधिसभामा पेस गरे । 


एमाले सांसदहरूले कालो धन चाहिँदैन, देश लुट्न पाइदैन, संसदीय सर्वोच्चता कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, यथास्थितिमा संसद चल्दैन, गैरसांसदलाई प्रवेश निषेध गर, पदीय मर्यादा कायम गरलगायतका नारा लगाएका थिए । प्रतिनिधिसभाको आगामी बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


Author

थप समाचार
x