संसद्

प्रतिनिधि सभाको अर्को बैठक २५ गते

इकागज |
असोज २२, २०७८ शुक्रबार १३:४४ बजे

काठमाडौँ- प्रतिनिधि सभा बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेदेखि बसेको बैठक दुइ विधेयक फिर्ता लिएपछि स्थगित भएको हो । प्रतिनिधि सभाको अर्को बैठक असोज २५ गते सोमबार दिउँसो २ बजे बस्ने छ ।

बैठकले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । त्यस्तै रेल्वे विधेयक २०७६ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रधानमन्त्रीका शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा उक्त विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए ।


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक सुरु भएलगत्तै अवरुद्ध गरेको थियो ।


Author

थप समाचार
x