संसद्

एमाले अछामको बन्दसत्र आइतबार बिहान ९ बजेसम्मका लागि स्थगित

इकागज |
पुस २४, २०७८ शनिबार १८:५८ बजे

अछाम - नेकपा एमाले अछामको आठौं अधिवेशनको बन्दसत्र भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ । बन्दसत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन बन्दसत्रबाट पारित गर्दै भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको हो । 

आयोजक कमिटी लगायत अधिवेशनमा जिल्ला भरिबाट ७ सय २९ जना प्रतिनिधि भएकाले मौसमको प्रतिकूलता तथा नयाँ नेतृत्व सर्वसम्मत चयनका लागि छलफल हुने भएकाले भोलि सम्म स्थगित गरिएको अध्यक्ष मण्डलमा अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बहादुर बोहराले बताए ।


अछामको पदाधिकारीसहित १ सय ५ सदस्यीय बन्ने जिल्ला कमिटीका लागि निर्वाचन कलष्टर अनुसारको दायरासमेत सार्वजनिक गरिएको छ । जसमा एक अध्यक्ष, उपाध्यक्ष, सचिव, एक महिला र पुरुष गरी दुई उपसचिव, दलितबाट प्रतिनिधित्व गर्ने क्षेत्र नम्बर १ बाट चार, २ बाट चार गरी आठ जना, एक अल्पसंख्यक, एक जनजाति, एक फरक क्षमता गरी ११ जना आरक्षण कोटाबाट जिल्ला कमिटी सदस्य हुन पाउने भएका छन् ।

त्यसैगरि जिल्ला भरी खुल्ला सदस्य २७ पुरुष, १२ महिला गरी ३९, भूगोलतर्फबाट मंगलसेन नगरपालिका र साँफेबगर नगरपालिकामा दुई/दुई महिला र पाँच/पाँच जना पुरुष गरी १४ जना, पन्चदेवल विनायक नगरपालिका र कमलबजार नगरपालिकामा दुई/दुई महिला र चार/चार पुरुष गरी १२ जना, बान्निगढि जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, तुर्माखाद गाउँपालिका, ढकारी गाउँपालिकाबाट एक/एक महिला र तीन/तीन पुरुष गरी २४ जना जिल्ला कमिटी सदस्य हुन पाउने भएका अध्यक्ष मण्डलका सदस्य कृष्णप्रसाद जैसीले बताए ।

अध्यक्षका लागि सर्वसम्मत भएमा नेता कृष्णप्रसाद जैसी अघि बढेका छन् भने निर्वाचन हुने अवस्थामा नेता चन्द्र बोहरा र प्रकाश शाह अघि बढेका छन् । निर्वाचन मण्डलका संयोजक कृष्ण प्रसाद ढुगांनाका अनुसार भोलि बिहान ९ बजेसम्म निर्वाचनको कुनै कार्यतालिका नभई मतदाता नामावली रुजुसहित सार्वजनिक गर्ने बताइएको छ ।


Author

थप समाचार
x