संसद्

जनताको विश्वास र भरोसालाई धोका दिन्‍न : सभामुख सापकोटा

इकागज |
पुस २५, २०७८ आइतबार १०:२८ बजे

सिन्धुपाल्चाेक- सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने छ भने ।


सभामुख सापकोटाले भने, 'तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन।'

 कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । सभामुख सापकोटाले बलेफी –३ फुल्पिङकोटमा फुल्पिङकोट स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका थिए । रासस


Author

थप समाचार
x