संसद्

युरोपेली संसद्‌का अध्यक्ष सासोलीको निधन

इकागज |
पुस २८, २०७८ बुधबार ७:३७ बजे

ब्रसेल्स- युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।उहाँको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १.१५ मा उनको निधन भएको पुष्टि गरेका छन् ।  इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको सासोलीका प्रवक्ता रोबर्टो कुइल्लोले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

इटलीका राम्रा राजनीतिज्ञका रुपमा चिर परिचित सासोली गत दुई हप्ताभन्दा अगाडिदेखि अस्पतालमा उपचाररत थिए । उनी युरोपेली संसदको अध्यक्षका रुपमा भने सन् २०१९ मा निर्वाचित हुनुभएको थियो । (सिन्ह्वा)



Author

थप समाचार
x