संसद्

राष्ट्रिय सभा निर्वाचन

सुदूरपश्चिम र लुम्बिनीमा मतदान सुरु, मुख्यमन्त्री केसीले गरे पहिलो मतदान

इकागज |
माघ १२, २०७८ बुधवार ९:३५ बजे

काठमाडौँ - राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मतदान सुरु भएको छ । सुदूरपश्चिममा अहिलेसम्म प्रदेश सभा सदस्य १५ जनाले मतदान गरेका छन् भने स्थानीय तहबाट २३ जनाले मतदान गरेका छन् । यसैगरी लुम्बिनीमा पनि मतदान सुरु भएको छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कुल प्रसाद केसीले पहिलो मतदान गरेका छन् ।  


राष्ट्रिय सभाको १९ सदस्यका लागि आज निर्वाचन भइरहेको छ । सातै प्रदेशमा बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जानकारी दिएको छ । राष्ट्रिय सभा सदस्यको मतपरिणाम आजै आउने पनि आयोगले जनाएको छ । 

 


Author

थप समाचार
x