संसद्

कोरम नपुगेपछि अर्थ समितिका दुवै बैठक स्थगित

इकागज |
चैत १४, २०७८ सोमबार १२:५५ बजे

फाइल तस्‍बिर

काठमाडौं – मुलुकको अर्थतन्त्र र भावी बजेटबारे बृहत् छलफल गर्न बोलाएको बैठक सांसदहरुको कोरम नपुगेपछि अर्थ समितिको स्थगित भएको छ । प्रतिनिधि सभा अर्थ समितिको बैठक सोमबार १०ः३० निम्ति बोलाइएको थियो । जहाँ अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने योजना थियो ।

समितिको बैठक भाग लिन जम्माजम्मी ४ जना सांसद् उपस्थित भएका थिए । समितिमा २५ जना सांसद् छन् । समितिका सचिव सुरेन्द्र अर्यालले भने, ‘कोरम नपुगेको भनी प्रश्न उब्जिएपछि बैठक गर्नु उचित ठानिएन । त्यसकारण स्थगित गर्नुपरेको हो ।’


समितिले बजेट निर्माणमा नीतिगत निर्देशन दिने उद्देश्यअनुरुप सरोकारवालाहरुसँग परामर्श गर्ने योजनाअनुरुप बैठक बोलाएको थियो ।


Author

थप समाचार
x