दल

चौताराको मेयरमा सापकोटा, उपमेयरमा थापा निर्वाचित

इकागज |
जेठ ३, २०७९ मगलवार १५:३५ बजे

काठमाडौँ- सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्‍मेदवार विजयी भएका छन् । 

माओवादीका कृष्णप्रसाद सापकोटाले ४३६१ मतान्तरले एमालेका मेयर उम्मेदवार इन्द्र नेपाललाई पराजित गरेका हुन् । सापकोटाले ११०७२ मत ल्याए भने नेपालले ६७११ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका मेयर उम्मेदवार केशवराज गिरीले ६२४५ मत ल्याएका छन् ।


उपमेयरमा नेकपा समाजवादीकी सीता थापा विजयी भएकी छिन् । समाजवादीकी थापाले एमाले उपमेयर उम्मेदवार बालकुमारी सापकोटालाई ३२१५ मतान्तरले हराएकी हुन् । थापाले ९७२६ मत ल्याइन् भने सापकोटाले ६५११ मत ल्याइन् । त्यस्तै नेपाली कांग्रेसका उपमेयर उम्मेदवार तुलसी प्रधानले ५७६० मत ल्याइन् ।

चौतारामा माओवादी र समाजवादीबीच गठबन्धन भएको हो ।


Author

थप समाचार
x