दल

४४९ स्थानीय तहको नतिजा सार्वजनिक : कुन दलले कति ठाउँमा जिते ?

इकागज |
जेठ ४, २०७९ बुधबार १२:५२ बजे

काठमाडौँ- देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४४९ वटामा मतगणना कार्य सकिएको छ । 

गत वैशाख ३० गते एकसाथ सबै स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ । 


नेपाली कांग्रेसले हालसम्म २०६ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ ।

स्थानीय तह निर्वाचनमा प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित हुने दोस्रो ठूलो संख्या नेकपा एमालेका उम्मेदवारको छ । एमालेका उम्मेदवार हालसम्म १२९ स्थानमा विजय भइसकेका छन् । 

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले हालसम्म ८८ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित निकाल्न सफल भएको छ ।

नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार हालसम्म ७ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म ५ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्ष पद जितेको छ ।

अन्य दल र स्वतन्त्र उम्मेदवारले १४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।


Author

थप समाचार
x