दल

गोकुल बाँस्कोटाको गृहनगरमा समाजवादीका तामाङ विजयी

इकागज |
जेठ ५, २०७९ बिहिवार ११:१६ बजे

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगरको मेयरमा नेकपा समाजवादीका उम्मेदवार विजयी भएका छन् । 

काभ्रेपलाञ्‍चोकको मण्डनदेउपुर नगरपालिकाको मेयरमा समाजवादीका टोकबहादुर तामाङ ९४०६ मत ल्याएर विजयी भएका हुन् ।


तामाङका प्रतिद्वन्द्वी एमालेकाविदुरप्रसाद सापकोटाले ८३५१ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११३०५ मत ल्याएर विजयी भएका छन् ।  नेपालका प्रतिद्वन्द्वी एमालेकी सरिता ढकाल ६९२४ मत ल्याएर पराजित भइन् । यहाँ  सत्ता गठबन्धनविरुद्ध एमाले चुनावी मैदान थियो ।


Author

थप समाचार
x