दल

भरतपुरको पछिल्लो मत अपडेट : रेनुले लिइन् झण्डै १० हजारको अग्रता

इकागज |
जेठ ९, २०७९ सोमवार ६:२५ बजे

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । रेनुले ४३४८४ मत प्राप्त गरेकी छिन् । सुवेदीभन्दा रेनु ९८७२ मतले अगाडि छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ३३६१२ मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले १३३३० मत ल्याएका हुन् ।


नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ४४८२८ र राप्रपाकी हिमला गुरुङले २६६१५ मत ल्याएकी छिन् ।


Author

थप समाचार
x