दल

७२६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : कसले कति जिते ?

इकागज |
जेठ ९, २०७९ सोमबार ७:१८ बजे

काठमाडौँ- स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम ७ सय २६ वटा पालिकाको सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जितेको छ भने नेकपा एमालेले दोस्रोमा छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रोमा छ ।

कांग्रेसले ३ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ भने २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ । एमालेले १ सय ९७ वटा पालिकाको प्रमुख जितेको छ भने २ सय २५ वटा पालिकाको उप–प्रमुख पदमा जितको छ ।


त्यस्तै नेकपा माओवादी केन्द्र १ सय २० वटा पालिकाको प्रमुखमा विजयी भएको छ भने १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ । जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ भने नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ भने नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ ।

त्यस्तै विवेकशील साझाले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ भने जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ ।

स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख जितेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले पाँच वटा पालिकाको उपप्रमुख पद जितेका छन् ।


Author

थप समाचार
x