दल

बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय : शिक्षामन्त्री पौडेल

इकागज |
जेठ ९, २०७९ सोमबार ८:५८ बजे

लण्डन - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय भएको बताएका छन् । शनिबार लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको बताउँदै बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको बताए । 

मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरू विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताए । 


‘बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकहरूलाई हार्दिक आग्रह गर्दछु’ मन्त्री पौडेलले भने, ‘शान्तिका अग्रदुत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्तत गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको छ ।’ 

मन्त्री पौडेलले नेपालीहरूले गर्व गर्ने महत्वपूर्ण विषय भनेको गौतम बुद्ध नेपालमा जन्मनु भएको उल्लेख गरे । 
‘गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिनु भएका छ,’ मन्त्री पौडेलले भने, ‘उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौ । उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।’ उनले हजारौं हजार वर्षसम्म गौतम बुद्धका उपदेशरु जीवित रहने बताए । 


Author

थप समाचार
x