दल

ललितपुर महानगरको मेयरमा कांग्रेसका महर्जन, उपमेयरमा एमालेकी शाक्य निर्वाचित

इकागज |
जेठ १०, २०७९ मगलवार २१:४० बजे

फाइल तस्बिर

काठमाडौँ- ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका छन् ।

महर्जनले हालसम्म ४२ हजार ७ सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत प्राप्त गरेका छन् ।


उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य विजयी भएकी छन् । शाक्यले २५०८५ मत ल्याएकी छन् ।

त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८७५२ मत ल्याएका छन् ।

 


Author

थप समाचार
x