दल

काठमाडौँ महानगरमा माओवादी नील

इकागज |
जेठ ११, २०७९ बुधबार १३:२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको ३२ वडामध्ये २७ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । 

मतगणना सकिएका २७ वडामध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा एमालेले जित निकालेको छ । 


काठमाडौँ महानगरपालिकाको कुनै पनि वडामा हालसम्म नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित निकाल्न सकेका छैनन् । 

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार अहिले काठमाडौँ महानगरको वडा नं. १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना भइरहेको छ । यी पाँच वर्ट वडामा पनि कांग्रेस र एमालेका उम्मेदवारहरुको अग्रता रहेको छ । 

हालसम्म मतगणना सम्पन्न भएका काठमाडौं महानगरका वडाहरूमा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ रहेका छन् । 

मतगणना सम्पन्न भएका वडाहरूमध्ये ६, ७, ८, ९, १०, ११, १२, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० को वडा अध्यक्ष कांग्रेसका उम्मेदवारले जितेका छन् । 

काठमाडौँ महानगरको वडा नं.१, २, ३, ४, ५, १८, २१, २२, २३, ३१ र ३२ को वडा अध्यक्षम एमालेका उम्मेदवार विजयी बनेका छन् । 
 


Author

थप समाचार
x