दल

रवीन्द्र मिश्र भन्छन्- मन लागे फिल्म खेल्छु, किताब र कविता पनि लेख्न सक्छु

इकागज |
जेठ १२, २०७९ बिहिवार ८:२९ बजे

काठमाडौँ - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बुधबार पदबाट राजीनामा दिए । स्थानीय तह निर्वाचनमा नाजुक चुनावी परिणाम आएपछि उनले राजीनामा दिएका थिए । 

अध्यक्षबाट राजीनामा दिएपछि उनले अब के गर्लान् भन्ने धेरैको चासो छ । यसबारे उनी आफैले स्पष्ट पारेका छन् । बिहीबार बिहानै फेसबुकमार्फत उनले अब के गर्ने भन्ने संकेत गरेका छन् ।


'मेरो राजनीतिको प्रमुख उद्देश्य देशको दूरगामी हित र दशकौंसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्श गर्न सकेन तिनलाई स्पर्श गर्नु थियो । त्यो सफलता अहिलेसम्म हासिल भएको छैन,' पुन: राजनीतिमै रहने संकेत गर्दै उनले लेखेका छन्, त्यसका लागि विचारभन्दा माथि देशलाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो । त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु।'

यसका साथै उनले अब कविता, किताब र सिनेमा समेत खेल्न सक्ने भन्दै व्यङ्ग्य गरेका छन् । 'साथमा, कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरूँला र, मन लाग्यो भने, सिनेमा पनि खेलुँला!' उनले भनेका छन् । 

आफ्नो राजीनामाबाट नआत्तिन उनले नेता-कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय समितिको बैठकले भावी प्रारम्भिक बाटो तय गर्ने उनको विश्वास छ ।


Author

थप समाचार
x