दल

समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो : प्रचण्ड

इकागज |
जेठ १५, २०७९ आइतवार ७:३९ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताएका छन्  । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष प्रचण्डले समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताएका हुन् ।

नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरू बिचको संघर्ष, सहकार्य र रूपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन सम्भव भएको बताएका छन् ।


'देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो,' उनले भनेका छन्, 'नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरू बिचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन सम्भव भएका हुन् ।'

उनले गणतन्त्र दिवसमा देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढन पनि अपिल गरेका छन् ।


 


Author

थप समाचार
x