दल

जो गणतन्त्रवादी हुँदै राजतन्त्रवादी भए...

इकागज |
जेठ १५, २०७९ आइतवार ८:३ बजे

काठमाडौं - शाही शासनकालका प्रभावशाली मन्त्री डा. प्रकाशचन्द्र लोहनी पहिलो संविधानसभा बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको पक्षमा उभिए पनि हाल संवैधानिक राजतन्त्रको पक्षमा छन् ।

त्यतिबेला उनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रको विकल्प गणतन्त्र हुने भन्दै गणतन्त्रको एजेन्डा तय गरेको थियो । 


तर, लोहनी २ वर्ष यता भने संवैधानिक राजतन्त्रको पक्षमा छन् । कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालसँग एकीकरण प्रक्रियामा पशुपतिशम्शेर जबरा र लोहनी नेतृत्वको पार्टी राप्रपा आएपछि गणतन्त्रको एजेन्डा त्यागेका हुन् ।

उनका समकालीन राजनीतिज्ञ तथा पूर्वमन्त्री बुद्धिमान तामाङ गणतन्त्रमा पनि कुशासन र भ्रष्टाचार भइरहेकाले गणतन्त्रात्मक प्रणालीप्रति पनि प्रश्न उठेको बताउँछन् । 

उनले भने, ‘म पनि पहिले गणतन्त्रवादी नै थिएँ तर जनतालाई प्रवाह गरिने सेवा उस्तै अनि कुशासन र भ्रष्टाचार पनि छँदैछ । यस्तो भएपछि राजतन्त्र र गणतन्त्रमा के अन्तर भयो ?’

गणतन्त्रप्रति क्रमशः जनतामा वितृष्णा पैदा हुँदा काठमाडौं र धरानलगायत शहरी क्षेत्रबाट दलभन्दा पनि स्वतन्त्र उम्मेदवार स्थानीय निर्वाचनमा निर्वाचित भएको उनको भनाइ छ । न्युज कारखाना
 


Author

थप समाचार
x