दल

म पनि ६८ वर्ष पुग्दैछु, तर वृद्धभत्ता लिन्न : बाबुराम भट्टराई

इकागज |
जेठ १५, २०७९ आइतवार २०:२२ बजे

फाइल फोटो

काठमाडौँ - पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले बजेटमार्फत वृद्धभत्ताका लागि उमेर हद घटाएको भन्दै असहमति जनाएका छन् । 

आइतबार आगामी आर्थिक वर्षका लागि संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस पेस गरेपछि प्रतिक्रिया जनाउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्नेमा त्यसो हुन नसकेको बताए । 


६८ वर्ष पुग्न लागेको भन्दै उनले आफूले वृद्ध भत्ता नलिने घोषणा गरे ।

`म पनि ६८ वर्ष पुग्दैछु । यो घटाउन आवश्यक थिएन । एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्दथ्यो । गरिब देशमा वृद्धभत्ता लिएर बोझ बढाउन चाहान्नँ । म वृद्धभत्ता नलिने घोषणा गर्दछु,` भट्टराईले भने । 

बजेटमा सामान्य सुधारको विषय आए पनि गुणात्मक रुपमा संरचनागत परिवर्तन गर्ने नीतिहरु नआएको उनको भनाइ थियो । सरकारले ७० वर्षे उमेर हदलाई घटाएर  ६८ वर्षमा वृद्धभत्ता दिने व्यवस्था गरेको जनाएको छ ।
 


Author

थप समाचार
x