दल

बजेटमा कुनै विश्वसनीयता छैनः खगराज अधिकारी

इकागज |
जेठ १५, २०७९ आइतवार २०:५८ बजे

फाइल फोटो

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का सांसद खगराज अधिकारीले बजेटमा कुनै विश्वसनीयता नभएको बताएका छन् । बजेट भाषण्पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अधिकारीले बजेटले वित्तीय अनुशासन कायम गर्न नसकेको बताए । 

उनले गेम चेञ्जर परियोजनाहरुलाई पनि कुनै सम्बोधन गर्न नसकेको बताए । 


उनले भने, ‘यो बजेटमा कुनै विश्वसनीयता छैन । कार्यान्वयन गर्न ल्याएको बजेट पनि होइन । आर्थिक संकटलाई सम्बोधन गर्न सकेन । वित्तिय संकटहरुलाई सम्बोधन गर्न सकेन । विकास परियोजनाका सम्बन्धमा समेत यसले जुन उचाइका साथ सम्बोधन गर्नुपर्ने थियो गर्न सकेन । वित्तीय अनुशासन कायम गर्न पनि सकेन । स्वास्थ बीमा प्राइभेट कम्पनीलाई दिएर जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्‍यो । सामाजिक सुरक्षाको क्षेत्रमा, उत्पादनको क्षेत्रमा, आर्थिक उत्पादनको क्षेत्रमा र वित्तीय विचलन भएको क्षेत्र र हामीले भुक्तानी सन्तुलनलाई कायम गर्ने सन्दर्भमा समेत सम्बोधन गर्न सकेन । बेरोजगारलाई रोजगार दिन सक्ने कुरा पनि केही गरेन । यसले गेम चेञ्जर परियोजनाहरुलाई पनि कुनै सम्बोधन गर्न सकेन ।’


Author

थप समाचार
x