दल

विमान दुर्घटनामा ज्यान गुमाउने परिवारप्रति कांग्रेसको समवेदना

इकागज |
जेठ १६, २०७९ सोमबार १५:२७ बजे

फाइल फोटो

काठमाडौं- मुस्ताङको थसाङ गाउँपालिका-२ को सानोस्वारे भीरमा तारा एयरको यात्रुवाहक जहाज दुर्घटनामा परी ज्यान गुमाउनेप्रति नेपाली कांग्रेसले दुःख प्रकट गरेको छ । 

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा १९ यात्रु र तीन चालक दलका गरी २२ जनाको मृत्यु भएको छ । 


कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार विज्ञप्ति जारी गरी दुर्घटनामा जीवन गुमाउने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

कांग्रेसले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।
 


Author

थप समाचार
x