दल

यस्तो छ सत्ता गठबन्धनको आज बसेको बैठकको निर्णय

इकागज |
जेठ १६, २०७९ सोमबार १८:२० बजे

काठमाडौं– सोमबार बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले जिल्ला समन्वय समिति र कार्यपालिका सदस्य निर्वाचन सहमतिमा गर्ने निर्णय गरेको छ । ७७ वटै जिल्लाका समन्वय समिति र बाँकी रहेका पालिकाहरूको  कार्यपालिका सदस्यको निर्वाचन सहमतिमा गर्न दलहरूले आ–आफ्ना प्रदेश र जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरिएको हो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलको उपस्थिति थियो ।  



Author

थप समाचार
x