दल

प्रचण्डलाई रामचन्द्र पौडेलको 'काउन्‍टर'

इकागज |
जेठ १९, २०७९ बिहीबार १०:५५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्र, जनता र न्यायको पक्षमा लड्न नछाड्ने बताएका छन् । बुधबार साँझ ट्‍वीट गर्दै नेता पौडेलले हार व्यहोर्न तयार भएकाले राष्ट्र, जनता र न्यायको पक्षमा लड्न नछाड्ने बताएका हुन् ।

त्यस्तै उनले इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको बताए । 'इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ' पौडेलले ट्‍वीट गरेका छन् 'त्यसैले हामी हार व्यहोर्न तयार छौँ तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं ।' 


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार कांग्रेसमा दम्भ पलाए एमालेकै हालत बनाइदिने चेतावनी दिएका थिए । अघिल्लो निर्वाचनमा एमाले पहिलो दल बनेसँगै दम्भ देखाएर यो चुनावमा दोस्रो दल बनेको भन्दै प्रचण्डले कांग्रेसलाई पनि दम्भ नदेखाउन चेतावनी दिएका हुन् ।

'कांग्रेसलाई माओवादीले बडो मेहनत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,'  प्रचण्डले भनेका थिए,'कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।'


Author

थप समाचार
x